केही निर्देशनहरु
- माथिको डाउनलोड बटनमा क्लिक गरेर टेम्प्लेट डाउनलोड गरिसकेपछि तपाई आफ्नो ब्लगको ड्यासबोर्डमा जानुहोस् । र Overview, Posts, Pages,........, Template आदि Option List मध्येमा Template मा क्लिक गर्नुहोस् । त्यहाँ तपाईले Backup/Restore बटन देख्नुहुनेछ ।
- Backup/Restore बटनमा क्लिक गरेर खुल्ने पेजबाट ब्राउजिङ गर्दै अघि तपाईले डाउनलोड गरेको टेम्प्लेट फाइल अपलोड गर्नुहोस् ।
- अव तपाईको ब्लगमा टेम्प्लेटअनुसारको नयाँ डिजाइन एप्लाई भयो ।
- नयाँ डिजाइनमा अब तपाईले केही चीजहरु Configure गर्नु पर्ने हुन्छ । त्यसका लागि अब ती Option लिष्टमा रहेका Overview, Posts, Pages,........, Layout, Template मध्ये Layout मा क्लिक गर्नुहोस् ।
- माथिको Header ग्याजेटमा Edit गरेर त्यसबाट तपाईले आफ्नो ब्लग ब्यानर अपलोड गरेर राख्नुहोस् । त्यस्तै अन्य आवश्यकताअनुसारका ग्याजेटहरु आफै राख्न सक्नुहुनेछ ।